विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना

Saturday, October 14, 2017

इतिहास बन्यो रुपान्तरित संसद्‍


देउवामाथि ओलीका प्रश्नै प्रश्न

प्रधानमन्त्रीले निर्वाचन आयोगमा आचारसंहिता पालना गर्छु भन्ने हस्ताक्षर गरेको केही समयमै सरकार विस्तार गरेको उनको भनाइ छ । ‘के हो लोकतन्त्र, आचारसंहिताका सम्बन्धमा आयोगको भनाइ र तपाईंको काम के हो ? सर्वदलीय बैठकमा प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी सबैले आचारसंहिता पालना गरिन्छ भन्यौं, हामी तल हस्ताक्षर गर्दै थियौं, कुदेर ८ जना मन्त्री नियुक्त गर्नुभएछ ।’

Election Commission issues 27-point directive to government

Oct 14, 2017-The Election Commission has decided to issue a 27-point directive to the Government of Nepal to make necessary arrangement in connection with the House of Representatives and Provincial Assembly election scheduled for coming November 26 and December 7. A meeting chaired by Chief Election Commissioner Ayodhee Prasad Yadav took the decision to communicate to the government through the Chief Secretary for implementation of the directives, according to EC Spokesperson Nawaraj Dhakal. The directives are related to the government, security arrangement, officials and other matters. The directives calls upon the government and its subordinate bodies to immediately implement with high priority all the communications received from the commission in connection with the election. The EC has directed the government to ensure complete enforcement of the election code of conduct by all its subordinate bodies and take action against those violating it. It has also been asked to send within a week from receiving the directives all updated and factual details of the office-bearers and teachers in government agencies and schools to the respective district election office. It has also sought all kinds of support including staff, furniture, transportation facilities, publicity of election-related information from the government media including Rastriya Samachar Samiti, and the required human and financial resource. The EC has also directed the government to stop all academic activities in the schools where election is taking place for the election day and rebuilding and renovate the school buildings where necessary, said EC spokesperson Dhakal. As per the decision, the EC would ask the government for making arrangements to ensure wireless, telephone, fax and other communication tools and services in operational conditions if the materials of Nepal Police, Armed Police Force, Nepal, Nepal Telecom, private telecommunications service providers and development agencies were to be repaired. Likewise, the EC would direct the government for reliable security provision in all offices of EC for the security of elections materials and while transporting the election materials and all other activities. The EC would ask the government to keep the persons of criminal characters under vigilance of the Nepal Police and completely impose a ban on illegal sale and distribution of the alcohol and alcoholic contents. Furthermore, the prime minister is supposed to take pre-approval from the EC if the PM was to use the government helicopter for government works and private ones during the political mission. The ministers can use the government vehicles in government works and private vehicles in political activities after taking a nod from the EC adding that the lawmakers would be barred from using the government vehicles during the election publicity campaign of any political party and candidate. The EC would also direct the government for the provision not to conduct the elections in universities, school management committee and other professional organizations, except the rescheduled ones.  Likewise, the EC would direct the government to give continuity to the regular recruitment process initiated themselves by the Public Service Commission, Teachers Service Commission, Nepal Police and Armed Police Force Service Commission, Nepal Army recruitment selection and Judicial Service Commission. 

HPE Bill’s fate hangs in the balance

Oct 14, 2017-Efforts made so far to streamline the medical education sector in the country have met with a major setback, if they have not gone down the chute, as Parliament held its last meeting on Friday without endorsing the Health Profession Education (HPE) Bill.

After the government plan to table the bill on Thursday was blocked by the CPN-UML and the CPN (Maoist Centre), it was expected that it would be tabled in Parliament on Friday.

Dr Govinda KC, who has been staging his 13th hunger strike for the last nine days demanding endorsement of the bill with a provision of putting a moratorium on establishing new medical colleges in Kathmandu Valley, on Thursday had called on Onasari Gharti Magar to use her “special powers” in the capacity of the House Speaker to get the bill endorsed.

With the incumbent Parliament having no business for Saturday, as lawmakers likely to attend the House just to bid goodbye to each other, the only way the government can push the bill is through ordinance.

But a minister ruled out that possibility. “It’s too early to talk about ordinance,” said Education Minister Gopal Man Shrestha.

Endorsing the HPE Bill in line with the recommendations made by a team of experts is one of the demands of Dr KC. The original HPE Bill had the provision of banning new medical colleges in the Valley for the next 10 years.

But a House committee had tweaked the bill, inserting a clause that favoured a handful of institutions backed by some UML and Maoist Centre members.

On Wednesday—the seventh day of Dr KC’s 13th hunger strike—the Ministry of Education agreed to amend the bill in line with Dr KC’s demand.

“The CPN Maoist is in favour of B&C Medical College while the UML is trying to protect the investment at the Manmohan Medical College. The conflicts of interests [of their lawmakers] made it impossible to endorse the bill from Parliament,” said Nepali Congress leader and former health minister Gagan Thapa.

The Jhapa-based B&C Medical College is promoted by Maoist Centre members while UML lawmakers have stakes in the Manmohan Memorial Institute of Health Sciences.

Had the bill been endorsed in line with Dr KC’s demand, these institutions would have been affected.

UML Chief Whip Bhanu Bhakta Dhakal told the Post that his party would not agree to the amendments made to the bill without consulting his party. “Any changes that have been made now are not acceptable to us. We are for endorsing the bill that was forwarded by the parliamentary committee,” said Dhakal.

Efforts by Speaker Gharti Magar to move the bill failed again on Friday as the UML and the Maoist Centre refused to budge. The Speaker held a meeting with Prime Minister Sher Bahadur Deuba, UML Chairman KP Oli and chief whips of major parties on Friday.

A Parliament meeting has been called for 3pm on Saturday.

“We will try our best tomorrow [Saturday] to get the bill endorsed by Parliament,” said Minister Shrestha.

But Bharat Raj Gautam, spokesperson for Parliament, said he had no information about the HPE Bill being on the agenda for Saturday’s meeting.

“All we know right now is that chief whips of the parties will speak [on Saturday] and thank the lawmakers,” said Gautam

यसमा म दुःख व्यक्त ग गर्न चाहन्छु

२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनपछि सरकार परिर्वतनको खेलमा नलाग्ने आफ्नो बचनमा प्रधानमन्त्रीले विश्वास नगरेको भन्दै दुःख व्यक्त गरेका छन् । शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड एमाले र माओवादीको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिलाई कम्युनिष्ट शासन आउने भयो भनेर प्रचार गरिएको गुनासो गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधान बनेको र संसदीय प्रणाली स्वीकार गरेको भन्दै उनले भने, ‘यो लोकतान्त्रिक अभ्यास भित्रको कुरा हो । बाहिरको होइन ।’
माओवादीले समर्थन गर्छ भन्दाभन्दै प्रधानमन्त्रीले मन्त्री थपेकोमा उनले असन्तुष्टि जनाएका छन् ।
कांग्रेसलाई धोका नदिने र समुचित सहकार्य गरेर अघि बढ्ने योजना रहेको उनले बताए । वाम एकता गर्नु अघि नै आफूले भेटेर प्रधानमन्त्रीलाई यो कांग्रेसविरुद्ध नभएको र सरकार परिर्वतनको खेलमा नलाग्ने भनेको स्मरण गर्दै उनले भने, ‘उहाँलाई शायद विश्वास भएन । यसमा म दुःख व्यक्त ग गर्न चाहन्छु ।’

वाम एकता हुँदा कांग्रेस आत्तिनु पर्दैन: प्रचण्ड

व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन प्रयोजनका लागि विचार मिल्ने वाम शक्ति एक ठाउँ हुँदा कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
 १० वर्षदेखि कम्युनिस्टलाई एकतामा ल्याउन पहल गर्दै आएको र त्यही लक्ष्य पूरा गर्ने प्रक्रियामा रहेको प्रष्ट पार्दै उनले कांग्रेसलाई वाम एकतासँग नतर्सिन आग्रह गरेका हुन्। 'वाम गठबन्धन विचारको एकताको प्रयास हो र निर्वाचन प्रयोजनका लागि हुन लागेको एकता हो', प्रचण्डले भने, 'अहिले देशमा राजनीतिक अस्थिरता पैदा गर्ने सरकार ढाल्ने कुनै नियत छैन। मैले सुरुमै पनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेको थिए, यो सरकारका विरुद्ध परिलक्षित होइन।'
उनले वाम एकतालाई संविधान भित्र र शान्ति प्रक्रिया भित्रकै कुरा भएको स्पष्ट पारे। उनले कांग्रेससँगको सहकार्यलाई तोड्ने प्रयास वाम एकता नभएको बताए। प्रचण्डले देउवाले आफूलाई विश्वास नगरेको तर आफू सरकार गठनताका भएको सम्झौताविरुद्ध अगाडि नबढेको उल्लेख गरे।
हामीले भन्दाभन्दा पनि प्रधानमन्त्रीज्यूलाई विश्वास भएन। मैले सरकार गिराउने खेलका निम्ति होइन। विचारका निम्ति शक्ति एकीकृत गर्ने बाहेक अन्य कुनै लक्ष्य छैन भन्ने कुरालाई पटकपटक प्रष्ट पारेको छु। आज पनि त्यही भन्न चाहन्छु’, प्रचण्डले भने।
प्रचण्डले अन्तराष्ट्रिय समूहलाई समेत आर्थिक समृद्धितर्फ अघि बढ्दै गरेको देशमा भएको राजनीति गठबन्धनलाई अनावश्यक शंका नगर्न आग्रह गरे। उनले वाम एकताले कुनै कम्युनिस्ट शासन नआउने भन्दै हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे।
संविधान बन्नुपर्छ भनेर सबैभन्दा बढी बलिदान गरेको पार्टी र नेता भएको नाताले अघिल्लो संविधानसभाबाट संविधान नबन्दा आफू चिन्तित भएको प्रचण्डको भनाइ छ। उनले पहिलो संविधानसभाबाट संविधान नबनेपछि दोस्रो संविधानसभालाई सफल बनाउन हामी सचेत भएको स्पष्ट पारे।
'माओवादीले सम्झौता गरेर जतिप्राप्त हुन्छ त्यही कुरालाई जोड दिएर गतिशिल दस्तावेजको रुपमा संविधानलाई स्वीकार गर्यौँ,' प्रचण्डले भने।
कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न पाएकोमा कांग्रेसप्रति धन्यवाद दिँदै प्रचण्डले उक्त अवधिमा आफूले सबैका निम्ति काम गरेको दाबी गरे।

कांग्रेसको समर्थनमा मैले प्रधानमन्त्री बन्ने अवसर पाएँ। त्यत्तिबेला सम्पूर्ण उत्पीडित जातिको अधिकारका निम्ति लड्ने अवसर थियो। मधेसीका माग सम्बोधन गर्ने प्रक्रियालाई इमान्दारिताका साथ अगाडि बढायौँ,’ उनले भने। सम्बोधनको अन्तिममा प्रचण्डले सबैलाई धन्यवाद दिए।

रेखा थापा राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित


८ असोज, काठमाडौं । नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् । थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र बुझ्दैछिन् ।
कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ ।
थापाले कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो दिइनसकेको स्रोतले अनलाइनखबरलाई बतायो ।

प्रत्यक्षतर्फको चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको स्रोतले बतायो

एनआरएनए विश्व सम्मेलन काठमाडौंमा सुरु


२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं सम्मेलन  उद्घाटन गरेकी छन् ।
सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार  बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनअन्तर्गत भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको हो । अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ७ बजे हुने


आश्विन २८, २०७४-नवनियुक्त मन्त्रीहरुको शपथ आज साँझ ७ बजे राष्ट्रपति भवन शितल निवासमा हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मन्त्री बनेकाहरुलाई साँझ ७ राष्ट्रपति विद्या भण्डारीले शपथ खुवाउने कार्यक्रम तय भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित चार मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार मन्त्रीहरु थपिएपछि मन्त्रिपरिषद् सदस्य संख्या ६४ पुगेको छ । यो इतिहासकै सबैभन्दा 'जम्बो' मन्त्रिपरिषद् हो । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भइरहेको बेला मन्त्रिपरिषद् विस्तार गरेको भन्दै प्रधानमन्त्री देउवा आलोचित बनेका छन् ।



आश्विन २८, २०७४-चराविद् हेमसागर बराल चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । संरक्षण क्षेत्रमा ३ दशकदेखि क्रियाशील उनी चरा, वन्यजन्तु र जैविक विविधताका जानकार तथा विज्ञ मानिन्छन् । नेपालका चराहरू र नेपालका स्तनधारी वन्यजन्तुलगायतका विषयमा उनले दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल च्याप्टर प्रमुखका रूपमा कार्यरत उनका अनुसन्धान चाखलाग्दा पनि छन् । उनले देखेका चराका अनौठा आनीबानी :

बच्चा कोरल्न सल्लाह
भ्याकुर र तोरीगाँडा प्रजातिका चरा सल्लाह गरेर बच्चा कोरल्छन् । बथानमा बस्ने यिनीहरू वयस्क भएपछि सल्लाहमा ओथारो बस्छन् । प्राय: वयस्कले आमा बाबु, काका काकीलाई बच्चा कोरल्न सहयोग गर्छन् । ४ जना पोथी तयार भएपछि ४ जना भाले पनि सम्भोग गर्न र बच्चा हुर्काउन तयार हुन्छन् । यिनीहरू १४ वटासम्मको बथानमा बस्छन् । करिब महिना दिन ओथारो बसेपछि बच्चा हुर्काउने यी चरा तराईदेखि हिमालसम्मै पाइन्छन् । दुवै प्रजातिका ७० बढी चरा यहाँ देखिन्छ । नेपालमा अहिलेसम्म पाइएका ८ सय ८६ प्रजातिमध्ये यी प्रजातिका चराको संख्या सबैभन्दा बढी छ । नेपालमा पाइने चरामा यिनीहरूको संख्या १० प्रतिशत छ । अरू चरामा बचेरा कोरल्दा यस्तो स्वभाव पाइँदैन ।

४ वर्षमा रंग फेर्नेे चरी
स्वर्ग चरी नामैले आकर्षक छ । हेर्दा सबैको मन प्रफुल्ल हुन्छ । यो चरीले २ पटक रंग फेर्छ । ४ वर्षभन्दा कम उमेरको भए टाउको कालो, ढाड, पँखेटा र पुच्छर रातो हुन्छ । घाँटी खरानी रंगको हुन्छ । ४ वर्ष बढी उमेरको भए टाउको कालो सेतो र घाँटीदेखि तल सेतो रंग हुन्छ । यो ग्रीष्म आगन्तुक चरा हो ।

फुल पार्ने पोथी, ओथारो बस्ने भाले
सामान्यतया चराहरूमा पोथी ओथारो बस्छ । चल्ला कोरल्छ । भाले आहारका लागि बाहिर जान्छ । तर, जलअप्सरा चरामा पोथी होइन, भाले चल्ला कोरल्न गँुडमा ओथारो बस्छ । फुल पार्नासाथ पोथी निस्कन्छन् । भाले ओथारो बसेपछि पोथी अर्को भाले खोज्दै हिँड्छ । अर्को भालेसँग पनि संसर्गपछि फुल पारे पछि पोथीले फेरि गँुड छाड्छ । भालेलाई ओथारो बस्ने बनाउँछ । वर्षमा एउटा पोथीले ३ वटासम्म बच्चा कोरेल्न भाले फेर्दै हिँड्छ ।

नाँचेर पोथी आकर्षित गर्छन् डाँफे र मुनाल
विशेषगरी डाँफे र मुनालले नाचेर पोथी आकर्षित गर्छन् । त्यस्तै चिलिमे र कालिजले पनि नाचेरै पोथीको मन जित्छन् । यी चरा नाच्ने बेला पोथी लुकेर हेर्छन् । जुन भाले राम्रोसँग नाच्छन्, त्यसैलाई पोथीले मन पराउँछन् । त्यसपछि बच्चा कोरल्छन् । डाँफे, मुनाल र चिलिमे ग्रीष्ममा ३ हजारदेखि ४ हजार ५ सय मिटर उचाइमा पाइन्छन् । हिउँदमा थोरै तलसम्म झर्छन् । कालिज भने समुद्र सतहदेखि ३ सय मिटरदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ ।


काग र मान्छे देखेर सिनो पत्ता लगाउँछ गिद्ध
गिद्धले सुँघेर र गन्धले सिनो पत्ता लगाउँछ भन्ने सुनिन्छ तर त्यो गलत हो । उसको सुँघ्नेशक्ति नै हुँदैन । नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छ । सबै गिद्धले आकाशमा उड्दा कागको भीडभाड र मान्छेको आवतजावत देखेर आहार सिनो पत्ता लगाउँछन् । एउटा दुइटा गिद्ध देखेपछि अरू गिद्ध पनि आहार भएको थाहा पाएर सिनो खान आउँछन् । गिद्धले जीवित जनावर खाँदैनन्, मरेको सिनो खान्छन् । दुर्गन्ध र विभिन्न रोगव्याधिको जोखिम हटाउन सहयोग गर्छ । वातावरण र खाद्यचक्र सन्तुलित गर्छ । धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।


पत्थरमा फुटालेर आहार खान्छ हाडफोर गिद्ध
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये हाडफोर एक हो । यो धेरैजसो हिमाली र पहाडी क्षेत्रमा पाइन्छ । अन्य गिद्धको टाउकोमा प्वाँख हँुदैन । तर, हाडफोरको टाउकोमा प्वाँख हुन्छ । यसले अरू गिद्धले खाइसकेको सिनोको हड्डीभित्रको मासी मात्र खान्छ । त्यसैले यसलाई हाडफोर गिद्ध भनिएको हो । यसले हड्डीभित्रको मासी अनौठो तरिकाले निकालेर खान्छ । ससाना हड्डी संकलन गर्छ । मुखले हड्डीभित्रको मासु खान नसकेपछि खुट्टाको नंग्राले च्यापेर आकाशमा उड्छ । सकभर रूखछेउ सिलौटोजस्तो ढुंगा खोज्छ । नभेटे पत्थर खोज्छ । रूखमाथि बसेर नंग्राले च्यापेको हड्डी पत्थरमा बजार्छ । हड्डी फुटेपछि भित्रको मासी खाएर बाँच्छ । यस्ले ८० प्रतिशत बढी यस्तै मासीलाई आहारा बनाउँछ । हाडफोर गिद्ध ढलपल गर्दै उड्छ । त्यसैले यसको उडाइ आकर्षक लाग्छ ।


मुसाको दिसापिसाबबाट आहार पत्ता लगाउने चरा
सिकारी चरा बौडाईले मुसालाई उसको दिसा र पिसाबबाटै पत्ता लगाउँछ । मुसाले दिसापिसाब गरेपछि एक प्रकारको रसायन छाड्छन् । त्यो आँखाले देख्न सक्ने क्षमता बौडाई चरामा हुन्छ । त्यही रसायनको फलो गर्दै बौडाई मुसालाई आफ्नो आहार बनाउँछन् । मुसाले दिसापिसाब गर्ने ठाउँ पत्ता लगाएसँगै चराले मुसा हिँड्ने बाटो पनि पत्ता लगाउँछ ।
भालेपोथी थाहा नहुने चरा
डुबुल्की चरालाई आफू भालेपोथी के हुँ भन्ने थाहा हँुदैन । भालेभाले र पोथीपोथीबीच बढी सम्भोग गरिरहेका हुन्छन् । उनीहरूबीच संयोगले भालेपोथीबीच सम्भोग हुन्छ । त्यस्तो अवस्था जुर्योक भने मात्र बचेरा जन्मन्छ । हेर्दा र उड्दा पनि त्यत्ती राम्रो नदेखिने यो चरा रैथाने र हिउँदे आगन्तुक चरा हो ।

नाचेर र गीत गाएर आकर्षित गर्ने चरा
चरा दुई वर्गमा विभाजित छन् । विरुत र गितारु । विरुत वर्गमा पर्ने चराको बोली विकास हुँदैन । यिनीहरू नाचेरै भाले आकर्षित गर्छन् । रमाइलो गर्छन् । गितारु वर्गमा पर्ने चराको बोली विकसित हुन्छ । यिनीहरू गीत गाएर भाले आकर्षित गर्छन् । रमाइलो गरेर मनोरञ्जन प्रदान गर्छन् । दुवै वर्गमा पर्ने चराको आफ्नै विशेषता छ । चरा प्रेमीलाई दुवैले गीत गाएर र नाचेर आकर्षित गर्छन् ।
आकाशमै आहार खाने चरा
गौंथली प्रजातिको चराले आकाशमै आहार खान्छन् । आकाशमा उड्दै गरेको कीरा र फट्याङ्ग्रा सोझै मुखमा हाल्छन् । यही आहार खाएर उनीहरू बाँच्छन् । गौंथलीमा १० प्रजातिका विरुत र ११ प्रजातिका गितारु चरा छन् ।
९ हजार मिटरमाथि उड्ने खोया हाँस
यो विश्वकै एउटा यस्तो प्रजाति हो जुन बसाइ सराइको क्रममा नौ हजार मिटर हाराहारीमा उडान भरेर आवतजावत गर्छ । बढी उचाइमा उडान भर्न सक्ने चरामध्ये खोया हाँस एक हो । यो चरा चीन र रसियाका विभिन्न क्षेत्र पाइन्छ । त्यहाँबाट बसाइ सर्ने क्रममा यो चरा सगरमाथा आसपास हँुदै नेपाल आउँछ । त्यतातिर बढी जाडो हुँदा आहारविहारको समस्याले नेपाल, भारत र भुटानतिर बसाइ सर्ने गर्छ । यो चरा गर्मी लाग्यो भने बच्चा कोरल्न हिमालपारि उत्तर जान्छ । जाडो लागेपछि आहार खोज्न दक्षिणतिर लाग्छ । यो चराले हरेक वर्ष बसाइसराइ गर्छ । यो चरा असोजदेखि फागुनचैतसम्म आहारका लागि नेपाललगायतका दक्षिण क्षेत्रमा बस्छ । यो चरा पोखरा, तराईका सिमसार क्षेत्रमा रेकर्ड गरिएको छ ।


पोथी राम्रो, भाले फ्रुस्रो
अधिकांश चराका भाले राम्रो र आकर्षक देखिन्छ । भाले रंगीविरंगी र मनमोहक हुन्छ । पोथी फ्रुस्रो हुन्छ । आकर्षक लाग्दैन । तर चित्राङ्गद चराको विपरीत हुन्छ । चित्राङ्गदको पोथी राम्रो र रंगीन हुन्छ । चित्ताकर्षक देखिन्छ । पोथी मात्र राम्रो देखिने चित्राङ्गद चरा हो । भाले अपेक्षाकृत राम्रो हुँदैन । यो चराको पोथीले फुल पारेपछि भाले ओथारो बस्छ ।
अर्काको गुँडमा फुल पार्ने कोइली
नेपालमा १८ प्रजातिका कोइली पाइन्छ । १२ प्रजातिका कोइलीले अर्काको गुँडमा फुल पार्छन् । बच्चा हुर्काउँछन् । कुहु कोइलीले काग र काफल पाक्यो कोइलीले चिवेको गुँडमा अण्डा पार्छन् । बीउ कुहियोले बगाले भ्याकुर र कुक्कु कोइलीले जुरेली वा चुइयाको गुँडमा अण्डा पार्छन् ।
सामान्यतया अरू चराले आफ्नो गँुडनजिक अरूलाई जान दिँदैनन् । फुल पार्न पनि दिँदैनन् । तर कोइलीले बदमासी गर्छ । कोइलीका भालेपोथी चराको गुँडनजिक जान्छन् । भाले कोइलीले ओथारो बसेको चरासँग निहुँ खोज्छ । झगडा गर्छ । त्यो बेला ओथारो बसेको चरा भाग्छ । त्यही मोका छोपेर अरू चराको गुडमा पोथी कोइली गएर फुल पार्छ । कतिपय अवस्थामा ओथारो बसेको चराले थाहा नपाउन् भनेर पहिले चराले पारेको फुल पनि कोइलीले खसालेर फुटाई दिने गर्छ । कोइली चरा असाध्यै बाठो हुन्छ ।
२/३ वर्षसम्म आकाशमा उडिरहने चरा
आकाशमा निरन्तर दुई तीन वर्षसम्म उड्ने चरा हो फ्यालफ्याले । त्यस्तै विरुत वर्गमा पर्ने गौंथलीका केही प्रजाति पनि २/३ वर्षसम्म आकाशमा उड्न सक्ने चरामध्ये पर्छन् । नेपालमा थोरै पाइने फयालफयाले पानीमा आश्रित चरा हो । फयालफयाले रंग सेतो हुन्छ । टाउको हल्का चुच्चो परेको हुन्छ । यो चराले धेरैजसो माछा खान्छ । यो चरा आकाशमा उड्दै गरेका कीराफट्यांग्रा खाएर महिनौं आकाशमै बसिरहन्छ । गौंथलीका प्रजाति पनि कीराफट्यांग्रा खाएर महिनौं आकाशमै उड्दै बसिरहन्छ । यी चरा आकाशमै आराम गर्दै महिनौंसम्म उड्दै आफ्नो गन्तव्यमा पुग्छन् ।
झुक्याएर बाँच्ने चरा
भीमराज चिवे चराले सिकारीलाई झुक्याएर आफू जोगिन्छ । वनमा आश्रित यो चराले अन्य चराको आवाज सजिलै निकाल्छ । सिकारी आएको थाहा पाउना साथ फरकफरक चराको आवाज निकालेर आफू जोगिन्छ । अरू चरालाई जिस्क्याउन पनि उसको आवाज नक्कल गरेर निकाल्छ । आफनो साथी आयो भनेर अरू चरा भिमराज चिवेनिर पुग्छन् ।
१४ वटासम्म फुल पार्ने चरा
नेपालमा पाइने चरा कपिन्जल तित्राले सबैभन्दा बढी १४ वटासम्म फुल पर्छ । बढी फुल पारे पनि ७/८ वटासम्म बचेरा हुर्काउने सक्छ । वयस्क गिद्धले एउटा फुल पार्छ ।

चरा सिकार गर्ने सुपर्ण महाचील
सुपर्ण महाचीलले सारस प्रजातिमा पर्ने कर्याकङकुरुङको सिकार गर्छ । उच्च हिमशृंखला हुँदै बसाइसराइ गर्ने क्रममा उत्तरबाट आउने कर्यााङकुरुङ ढुकेर बस्छ । समूहमा आउने कर्याहङकुरुङलाई उड्दाउड्दै सुपर्ण महाचीलले घाइते बनाई ढाल्छ । भीर पहरामा खसे पनि खोज्दै पुग्छ । आहार बनाउँछ । जाडोका बेला कर्यालङकुरुङ बसाइ सर्ने क्रममा चीन र रुसबाट नेपाल, भारततिर आउँछन् । कर्या ङकुरुङ सारस प्रजातिमा पर्ने ठूलो चरा हो ।
प्रस्तुति : मनोज पौडेल