२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को
विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको
ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८
औं सम्मेलन उद्घाटन गरेकी छन् ।
सम्मेलनमा ७० भन्दा
बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी
छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनअन्तर्गत
भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी
परेको छ । अध्यक्षमा जमुना घले, भवन
भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको हो । अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत
नै चुनिनेछन् ।