२७ असोज,
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर
देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै
मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
देउवाले राप्रपाका चार मन्त्री र चार
राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति कार्यालयमा सिफारिस
पठाएका छन् ।
देउवाले राप्रपा अध्यक्ष कमल थापालाई
उपप्रधानमन्त्री नियुक्त गरेका छन् । नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा
विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।
यस्तै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता
भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरू सबैको मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि गराउने तयारी
भइरहेको छ ।
यद्यपी राष्ट्रपति विद्या भण्डारी भने
निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेर मात्रै निर्णय लिने
तयारीमा छिन् ।
राप्रपाका मन्त्रीहरु थपिए देउवा नेतृत्वको मन्त्रिमण्डल ६४
सदस्यीय हुनेछ । यो नेपालको हालसम्मकै जम्वो मन्त्रिमण्डल हो । हाल देउवा
नेतृत्वको मन्त्रिपरिषद ५६ सदस्यीय छ ।
कांग्रेससँगको सत्ता साझेदारी तोड्दै
माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्री
हटाउने तयारी गरेका छन् । सोही तयारी अनुसार देउवाले राप्रपालाई सरकारमा समावेश
गरेको अनुमान गरिएको छ ।