आश्विन २८, २०७४-चराविद्
हेमसागर बराल चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । संरक्षण क्षेत्रमा ३
दशकदेखि क्रियाशील उनी चरा, वन्यजन्तु र जैविक विविधताका जानकार
तथा विज्ञ मानिन्छन् । नेपालका चराहरू र नेपालका स्तनधारी वन्यजन्तुलगायतका विषयमा
उनले दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल
च्याप्टर प्रमुखका रूपमा कार्यरत उनका अनुसन्धान चाखलाग्दा पनि छन् । उनले देखेका
चराका अनौठा आनीबानी :
बच्चा कोरल्न सल्लाह
भ्याकुर र तोरीगाँडा प्रजातिका चरा सल्लाह गरेर
बच्चा कोरल्छन् । बथानमा बस्ने यिनीहरू वयस्क भएपछि सल्लाहमा ओथारो बस्छन् ।
प्राय: वयस्कले आमा बाबु, काका काकीलाई बच्चा कोरल्न सहयोग
गर्छन् । ४ जना पोथी तयार भएपछि ४ जना भाले पनि सम्भोग गर्न र बच्चा हुर्काउन तयार
हुन्छन् । यिनीहरू १४ वटासम्मको बथानमा बस्छन् । करिब महिना दिन ओथारो बसेपछि
बच्चा हुर्काउने यी चरा तराईदेखि हिमालसम्मै पाइन्छन् । दुवै प्रजातिका ७० बढी चरा
यहाँ देखिन्छ । नेपालमा अहिलेसम्म पाइएका ८ सय ८६ प्रजातिमध्ये यी प्रजातिका चराको
संख्या सबैभन्दा बढी छ । नेपालमा पाइने चरामा यिनीहरूको संख्या १० प्रतिशत छ । अरू
चरामा बचेरा कोरल्दा यस्तो स्वभाव पाइँदैन ।
४ वर्षमा रंग फेर्नेे चरी
स्वर्ग चरी नामैले आकर्षक छ । हेर्दा सबैको मन
प्रफुल्ल हुन्छ । यो चरीले २ पटक रंग फेर्छ । ४ वर्षभन्दा कम उमेरको भए टाउको कालो,
ढाड,
पँखेटा
र पुच्छर रातो हुन्छ । घाँटी खरानी रंगको हुन्छ । ४ वर्ष बढी उमेरको भए टाउको कालो
सेतो र घाँटीदेखि तल सेतो रंग हुन्छ । यो ग्रीष्म आगन्तुक चरा हो ।
फुल पार्ने पोथी, ओथारो बस्ने
भाले
सामान्यतया चराहरूमा पोथी ओथारो बस्छ । चल्ला
कोरल्छ । भाले आहारका लागि बाहिर जान्छ । तर, जलअप्सरा चरामा
पोथी होइन, भाले चल्ला कोरल्न गँुडमा ओथारो बस्छ । फुल
पार्नासाथ पोथी निस्कन्छन् । भाले ओथारो बसेपछि पोथी अर्को भाले खोज्दै हिँड्छ ।
अर्को भालेसँग पनि संसर्गपछि फुल पारे पछि पोथीले फेरि गँुड छाड्छ । भालेलाई ओथारो
बस्ने बनाउँछ । वर्षमा एउटा पोथीले ३ वटासम्म बच्चा कोरेल्न भाले फेर्दै हिँड्छ ।
नाँचेर पोथी आकर्षित गर्छन् डाँफे र मुनाल
विशेषगरी डाँफे र मुनालले नाचेर पोथी आकर्षित
गर्छन् । त्यस्तै चिलिमे र कालिजले पनि नाचेरै पोथीको मन जित्छन् । यी चरा नाच्ने
बेला पोथी लुकेर हेर्छन् । जुन भाले राम्रोसँग नाच्छन्, त्यसैलाई पोथीले
मन पराउँछन् । त्यसपछि बच्चा कोरल्छन् । डाँफे, मुनाल र चिलिमे
ग्रीष्ममा ३ हजारदेखि ४ हजार ५ सय मिटर उचाइमा पाइन्छन् । हिउँदमा थोरै तलसम्म झर्छन्
। कालिज भने समुद्र सतहदेखि ३ सय मिटरदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ ।
काग र मान्छे देखेर सिनो पत्ता लगाउँछ गिद्ध
गिद्धले सुँघेर र गन्धले सिनो पत्ता लगाउँछ
भन्ने सुनिन्छ तर त्यो गलत हो । उसको सुँघ्नेशक्ति नै हुँदैन । नेपालमा ९
प्रजातिका गिद्ध पाइन्छ । सबै गिद्धले आकाशमा उड्दा कागको भीडभाड र मान्छेको
आवतजावत देखेर आहार सिनो पत्ता लगाउँछन् । एउटा दुइटा गिद्ध देखेपछि अरू गिद्ध पनि
आहार भएको थाहा पाएर सिनो खान आउँछन् । गिद्धले जीवित जनावर खाँदैनन्, मरेको
सिनो खान्छन् । दुर्गन्ध र विभिन्न रोगव्याधिको जोखिम हटाउन सहयोग गर्छ । वातावरण
र खाद्यचक्र सन्तुलित गर्छ । धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।
पत्थरमा फुटालेर आहार खान्छ हाडफोर गिद्ध
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये हाडफोर
एक हो । यो धेरैजसो हिमाली र पहाडी क्षेत्रमा पाइन्छ । अन्य गिद्धको टाउकोमा
प्वाँख हँुदैन । तर, हाडफोरको टाउकोमा प्वाँख हुन्छ । यसले अरू
गिद्धले खाइसकेको सिनोको हड्डीभित्रको मासी मात्र खान्छ । त्यसैले यसलाई हाडफोर
गिद्ध भनिएको हो । यसले हड्डीभित्रको मासी अनौठो तरिकाले निकालेर खान्छ । स–साना
हड्डी संकलन गर्छ । मुखले हड्डीभित्रको मासु खान नसकेपछि खुट्टाको नंग्राले
च्यापेर आकाशमा उड्छ । सकभर रूखछेउ सिलौटोजस्तो ढुंगा खोज्छ । नभेटे पत्थर खोज्छ ।
रूखमाथि बसेर नंग्राले च्यापेको हड्डी पत्थरमा बजार्छ । हड्डी फुटेपछि भित्रको
मासी खाएर बाँच्छ । यस्ले ८० प्रतिशत बढी यस्तै मासीलाई आहारा बनाउँछ । हाडफोर
गिद्ध ढलपल गर्दै उड्छ । त्यसैले यसको उडाइ आकर्षक लाग्छ ।
मुसाको दिसा–पिसाबबाट आहार
पत्ता लगाउने चरा
सिकारी चरा बौडाईले मुसालाई उसको दिसा र
पिसाबबाटै पत्ता लगाउँछ । मुसाले दिसा–पिसाब गरेपछि एक प्रकारको रसायन
छाड्छन् । त्यो आँखाले देख्न सक्ने क्षमता बौडाई चरामा हुन्छ । त्यही रसायनको फलो
गर्दै बौडाई मुसालाई आफ्नो आहार बनाउँछन् । मुसाले दिसा–पिसाब गर्ने
ठाउँ पत्ता लगाएसँगै चराले मुसा हिँड्ने बाटो पनि पत्ता लगाउँछ ।
भाले–पोथी थाहा नहुने चरा
डुबुल्की चरालाई आफू भाले–पोथी
के हुँ भन्ने थाहा हँुदैन । भाले–भाले र पोथी–पोथीबीच बढी
सम्भोग गरिरहेका हुन्छन् । उनीहरूबीच संयोगले भाले–पोथीबीच सम्भोग
हुन्छ । त्यस्तो अवस्था जुर्योक भने मात्र बचेरा जन्मन्छ । हेर्दा र उड्दा पनि
त्यत्ती राम्रो नदेखिने यो चरा रैथाने र हिउँदे आगन्तुक चरा हो ।
नाचेर र गीत गाएर आकर्षित गर्ने चरा
चरा दुई वर्गमा विभाजित छन् । विरुत र गितारु ।
विरुत वर्गमा पर्ने चराको बोली विकास हुँदैन । यिनीहरू नाचेरै भाले आकर्षित गर्छन्
। रमाइलो गर्छन् । गितारु वर्गमा पर्ने चराको बोली विकसित हुन्छ । यिनीहरू गीत
गाएर भाले आकर्षित गर्छन् । रमाइलो गरेर मनोरञ्जन प्रदान गर्छन् । दुवै वर्गमा
पर्ने चराको आफ्नै विशेषता छ । चरा प्रेमीलाई दुवैले गीत गाएर र नाचेर आकर्षित
गर्छन् ।
आकाशमै आहार खाने चरा
गौंथली प्रजातिको चराले आकाशमै आहार खान्छन् ।
आकाशमा उड्दै गरेको कीरा र फट्याङ्ग्रा सोझै मुखमा हाल्छन् । यही आहार खाएर उनीहरू
बाँच्छन् । गौंथलीमा १० प्रजातिका विरुत र ११ प्रजातिका गितारु चरा छन् ।
९ हजार मिटरमाथि उड्ने खोया हाँस
यो विश्वकै एउटा यस्तो प्रजाति हो जुन बसाइ
सराइको क्रममा नौ हजार मिटर हाराहारीमा उडान भरेर आवतजावत गर्छ । बढी उचाइमा उडान
भर्न सक्ने चरामध्ये खोया हाँस एक हो । यो चरा चीन र रसियाका विभिन्न क्षेत्र
पाइन्छ । त्यहाँबाट बसाइ सर्ने क्रममा यो चरा सगरमाथा आसपास हँुदै नेपाल आउँछ ।
त्यतातिर बढी जाडो हुँदा आहार–विहारको समस्याले नेपाल, भारत
र भुटानतिर बसाइ सर्ने गर्छ । यो चरा गर्मी लाग्यो भने बच्चा कोरल्न हिमालपारि
उत्तर जान्छ । जाडो लागेपछि आहार खोज्न दक्षिणतिर लाग्छ । यो चराले हरेक वर्ष
बसाइसराइ गर्छ । यो चरा असोजदेखि फागुन–चैतसम्म आहारका लागि नेपाललगायतका
दक्षिण क्षेत्रमा बस्छ । यो चरा पोखरा, तराईका सिमसार क्षेत्रमा रेकर्ड गरिएको
छ ।
पोथी राम्रो, भाले फ्रुस्रो
अधिकांश चराका भाले राम्रो र आकर्षक देखिन्छ ।
भाले रंगीविरंगी र मनमोहक हुन्छ । पोथी फ्रुस्रो हुन्छ । आकर्षक लाग्दैन । तर
चित्राङ्गद चराको विपरीत हुन्छ । चित्राङ्गदको पोथी राम्रो र रंगीन हुन्छ ।
चित्ताकर्षक देखिन्छ । पोथी मात्र राम्रो देखिने चित्राङ्गद चरा हो । भाले
अपेक्षाकृत राम्रो हुँदैन । यो चराको पोथीले फुल पारेपछि भाले ओथारो बस्छ ।
अर्काको गुँडमा फुल पार्ने कोइली
नेपालमा १८ प्रजातिका कोइली पाइन्छ । १२
प्रजातिका कोइलीले अर्काको गुँडमा फुल पार्छन् । बच्चा हुर्काउँछन् । कुहु कोइलीले
काग र काफल पाक्यो कोइलीले चिवेको गुँडमा अण्डा पार्छन् । बीउ कुहियोले बगाले
भ्याकुर र कुक्कु कोइलीले जुरेली वा चुइयाको गुँडमा अण्डा पार्छन् ।
सामान्यतया अरू चराले आफ्नो गँुडनजिक अरूलाई
जान दिँदैनन् । फुल पार्न पनि दिँदैनन् । तर कोइलीले बदमासी गर्छ । कोइलीका भाले–पोथी
चराको गुँडनजिक जान्छन् । भाले कोइलीले ओथारो बसेको चरासँग निहुँ खोज्छ । झगडा
गर्छ । त्यो बेला ओथारो बसेको चरा भाग्छ । त्यही मोका छोपेर अरू चराको गुडमा पोथी
कोइली गएर फुल पार्छ । कतिपय अवस्थामा ओथारो बसेको चराले थाहा नपाउन् भनेर पहिले
चराले पारेको फुल पनि कोइलीले खसालेर फुटाई दिने गर्छ । कोइली चरा असाध्यै बाठो
हुन्छ ।
२/३ वर्षसम्म आकाशमा उडिरहने चरा
आकाशमा निरन्तर दुई तीन वर्षसम्म उड्ने चरा हो
फ्यालफ्याले । त्यस्तै विरुत वर्गमा पर्ने गौंथलीका केही प्रजाति पनि २/३ वर्षसम्म
आकाशमा उड्न सक्ने चरामध्ये पर्छन् । नेपालमा थोरै पाइने फयालफयाले पानीमा आश्रित
चरा हो । फयालफयाले रंग सेतो हुन्छ । टाउको हल्का चुच्चो परेको हुन्छ । यो चराले
धेरैजसो माछा खान्छ । यो चरा आकाशमा उड्दै गरेका कीरा–फट्यांग्रा खाएर
महिनौं आकाशमै बसिरहन्छ । गौंथलीका प्रजाति पनि कीरा–फट्यांग्रा खाएर
महिनौं आकाशमै उड्दै बसिरहन्छ । यी चरा आकाशमै आराम गर्दै महिनौंसम्म उड्दै आफ्नो
गन्तव्यमा पुग्छन् ।
झुक्याएर बाँच्ने चरा
भीमराज चिवे चराले सिकारीलाई झुक्याएर आफू
जोगिन्छ । वनमा आश्रित यो चराले अन्य चराको आवाज सजिलै निकाल्छ । सिकारी आएको थाहा
पाउना साथ फरक–फरक चराको आवाज निकालेर आफू जोगिन्छ । अरू
चरालाई जिस्क्याउन पनि उसको आवाज नक्कल गरेर निकाल्छ । आफनो साथी आयो भनेर अरू चरा
भिमराज चिवेनिर पुग्छन् ।
१४ वटासम्म फुल पार्ने चरा
नेपालमा पाइने चरा कपिन्जल तित्राले सबैभन्दा
बढी १४ वटासम्म फुल पर्छ । बढी फुल पारे पनि ७/८ वटासम्म बचेरा हुर्काउने सक्छ ।
वयस्क गिद्धले एउटा फुल पार्छ ।
चरा सिकार गर्ने सुपर्ण महाचील
सुपर्ण महाचीलले सारस प्रजातिमा पर्ने कर्याकङ–कुरुङको
सिकार गर्छ । उच्च हिमशृंखला हुँदै बसाइसराइ गर्ने क्रममा उत्तरबाट आउने कर्यााङ–कुरुङ
ढुकेर बस्छ । समूहमा आउने कर्याहङ–कुरुङलाई उड्दाउड्दै सुपर्ण महाचीलले
घाइते बनाई ढाल्छ । भीर पहरामा खसे पनि खोज्दै पुग्छ । आहार बनाउँछ । जाडोका बेला
कर्यालङ–कुरुङ बसाइ सर्ने क्रममा चीन र रुसबाट नेपाल, भारततिर आउँछन्
। कर्या ङ–कुरुङ सारस प्रजातिमा पर्ने ठूलो चरा हो ।
प्रस्तुति : मनोज पौडेल