आरके अदीप्त गिरीजीको शनिवार, असोज २८, २०७४ मा अन्नपुर्णा पोष्टमा प्रकाशित सुचनामुलक लेख
गाउँभरि एकैनासका घरहरू । तलदेखि माथिल्लो टोलसम्म एकैनासको ढुंगाको छपनी बाटो । तलपट्टि खेतका ठूलठूला फाँटहरू । सफा-सुग्घर र बिजुलीबत्तीले चौबिसै घन्टा उज्यालो देखिने गाउँ । चिया बगानले गाउँको सौन्दर्यमा अझ माधुर्य थपेको छ । 'हनी हन्टर्स अफ नेपाल' पुस्तकमार्फत विश्वमै प्रसिद्ध बनेको त्यो गाउँ हो- भुजुङ गाउँ ।
देश-विदेशमा 'भू-स्वर्ग'को नामले ख्याति कमाएको भुजुङ गाउँ
प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना
हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने
दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र आत्मीयताको
अनुभूति यहाँ सँगाल्न सकिन्छ ।
भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको
देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ- भुजुङ गाउँ ।
समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको
हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा
पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा
दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं
हिमाल अवलोकन गर्न सकिन्छ ।
करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे
प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर
देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर
लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो
। लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।
भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको
विषय हो । मुखिया प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट
गाउँ अहिलेसम्म पनि सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा
धेरैका लागि चासो र अध्ययनको विषय पनि हो ।
भुजुङ गाउँमा द्वैध प्रकारको शासन व्यवस्थाको
अनुभव गर्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको स्वायत्त शासन प्रणाली 'भाद्रसभा' र राज्यका स्थानीय एकाइबीचको
समन्वयमार्फत यहाँको शासनव्यवस्था सञ्चालन गरिँदै आएको छ । भाद्रसभा नै गाउँसभाका
रूपमा निर्णायक देखिन्छ । गाउँको भौतिक विकास, सामाजिक, धार्मिक, न्यायिक दण्ड जरिवानालगायत काम भाद्रसभाले नै गर्दै आएको छ ।
देश-विदेशमा 'भू-स्वर्ग'को नामले ख्याति कमाएको भुजुङ गाउँ
प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना
हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने
दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र
आत्मीयताको अनुभूति यहाँ सँगाल्न सकिन्छ ।
भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको
देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ- भुजुङ गाउँ ।
समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको
हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा
पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा
दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं
हिमाल अवलोकन गर्न सकिन्छ ।
करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे
प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर
देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर
लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो
। लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।
भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको विषय हो । मुखिया
प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट गाउँ अहिलेसम्म पनि
सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा