८
असोज, काठमाडौं
। नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को
सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत
जिम्मेवारी पाएकी छिन् । थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र
बुझ्दैछिन् ।
कमल
थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका
थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस
गरेको छ ।
थापाले
कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो दिइनसकेको स्रोतले अनलाइनखबरलाई
बतायो ।
प्रत्यक्षतर्फको
चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं
बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको स्रोतले बतायो