विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना

Wednesday, October 11, 2017

निर्माण व्यवसायी शरद कुमार गौचनको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब स्वरुप काठमाण्डौंको माइतीघरमा धर्ना



नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरद कुमार गौचनको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब स्वरुप काठमाण्डौंको माइतीघरमा धर्ना दिने भएको छ । अहिले केहिबेरमा माइतीघर मण्डलामा शान्तिपूर्ण रुपमा धर्ना दिने महासंघका महासचिव रामशरण देउजाले जानकारी दिनुभयो । महासंघका अध्यक्ष गौचनको हत्या भएको दुई दिन भइसक्दा पनि प्रहरीले अपराधीबारे कुनै सुईंको पाउन सकेको छैन । अस्ति सोमबार घरबाट गाडी चढेर निस्केका गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । हत्यामा भारतमा बसेर व्यवसायीसंग चन्दा असुली गरिरहेको मनोज पुन समूहको संलग्नताको आशंका गरिए पनि यसको पनि कुनै भरपर्दो आधार फेला परिनसकेको प्रहरीले जनाएको छ । यसैबीच घटनाको विरोध गर्दे महासंघले सरकारी बोलपत्रमा सहभागिता नजनाउने भएको छ ।