Saturday, October 14, 2017
देउवामाथि ओलीका प्रश्नै प्रश्न
प्रधानमन्त्रीले निर्वाचन आयोगमा आचारसंहिता पालना गर्छु भन्ने हस्ताक्षर गरेको केही समयमै सरकार विस्तार गरेको उनको भनाइ छ । ‘के हो लोकतन्त्र, आचारसंहिताका सम्बन्धमा आयोगको भनाइ र तपाईंको काम के हो ? सर्वदलीय बैठकमा प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी सबैले आचारसंहिता पालना गरिन्छ भन्यौं, हामी तल हस्ताक्षर गर्दै थियौं, कुदेर ८ जना मन्त्री नियुक्त गर्नुभएछ ।’
Election Commission issues 27-point directive to government
Oct 14,
2017-The Election Commission has decided to issue a 27-point directive to the
Government of Nepal to make necessary arrangement in connection with the House
of Representatives and Provincial Assembly election scheduled for coming
November 26 and December 7. A meeting chaired by Chief Election Commissioner Ayodhee Prasad
Yadav took the decision to communicate to the government through the Chief
Secretary for implementation of the directives, according to EC Spokesperson
Nawaraj Dhakal. The
directives are related to the government, security arrangement, officials and
other matters. The directives calls upon the government and its subordinate bodies
to immediately implement with high priority all the communications received
from the commission in connection with the election. The EC
has directed the government to ensure complete enforcement of the election code
of conduct by all its subordinate bodies and take action against those
violating it. It has also been asked to send within a week from receiving the
directives all updated and factual details of the office-bearers and teachers
in government agencies and schools to the respective district election office. It has
also sought all kinds of support including staff, furniture, transportation
facilities, publicity of election-related information from the government media
including Rastriya Samachar Samiti, and the required human and financial resource. The EC
has also directed the government to stop all academic activities in the schools
where election is taking place for the election day and rebuilding and renovate
the school buildings where necessary, said EC spokesperson Dhakal. As per
the decision, the EC would ask the government for making arrangements to ensure
wireless, telephone, fax and other communication tools and services in
operational conditions if the materials of Nepal Police, Armed Police Force,
Nepal, Nepal Telecom, private telecommunications service providers and
development agencies were to be repaired. Likewise,
the EC would direct the government for reliable security provision in all
offices of EC for the security of elections materials and while transporting
the election materials and all other activities. The EC
would ask the government to keep the persons of criminal characters under
vigilance of the Nepal Police and completely impose a ban on illegal sale and
distribution of the alcohol and alcoholic contents. Furthermore,
the prime minister is supposed to take pre-approval from the EC if the PM was to
use the government helicopter for government works and private ones during the
political mission. The
ministers can use the government vehicles in government works and private
vehicles in political activities after taking a nod from the EC adding that the
lawmakers would be barred from using the government vehicles during the
election publicity campaign of any political party and candidate. The EC
would also direct the government for the provision not to conduct the elections
in universities, school management committee and other professional
organizations, except the rescheduled ones. Likewise,
the EC would direct the government to give continuity to the regular
recruitment process initiated themselves by the Public Service Commission,
Teachers Service Commission, Nepal Police and Armed Police Force Service
Commission, Nepal Army recruitment selection and Judicial Service Commission.
HPE Bill’s fate hangs in the balance
Oct 14, 2017-Efforts made so far to
streamline the medical education sector in the country have met with a major
setback, if they have not gone down the chute, as Parliament held its last
meeting on Friday without endorsing the Health Profession Education (HPE) Bill.
After the
government plan to table the bill on Thursday was blocked by the CPN-UML and
the CPN (Maoist Centre), it was expected that it would be tabled in Parliament
on Friday.
Dr Govinda
KC, who has been staging his 13th hunger strike for the
last nine days demanding endorsement of the bill with a provision of putting a
moratorium on establishing new medical colleges in Kathmandu Valley, on
Thursday had called on Onasari Gharti Magar to use her “special powers” in the
capacity of the House Speaker to get the bill endorsed.
With the
incumbent Parliament having no business for Saturday, as lawmakers likely to
attend the House just to bid goodbye to each other, the only way the government
can push the bill is through ordinance.
But a
minister ruled out that possibility. “It’s too early to talk about ordinance,”
said Education Minister Gopal Man Shrestha.
Endorsing
the HPE Bill in line with the recommendations made by a team of experts is one
of the demands of Dr KC. The original HPE Bill had the provision of banning new
medical colleges in the Valley for the next 10 years.
But a House
committee had tweaked the bill, inserting a clause that favoured a handful of
institutions backed by some UML and Maoist Centre members.
On
Wednesday—the seventh day of Dr KC’s 13th hunger strike—the
Ministry of Education agreed to amend the bill in line with Dr KC’s demand.
“The CPN
Maoist is in favour of B&C Medical College while the UML is trying to
protect the investment at the Manmohan Medical College. The conflicts of
interests [of their lawmakers] made it impossible to endorse the bill from
Parliament,” said Nepali Congress leader and former health minister Gagan
Thapa.
The
Jhapa-based B&C Medical College is promoted by Maoist Centre members while
UML lawmakers have stakes in the Manmohan Memorial Institute of Health
Sciences.
Had the bill
been endorsed in line with Dr KC’s demand, these institutions would have been
affected.
UML Chief
Whip Bhanu Bhakta Dhakal told the Post that his party would not agree to the
amendments made to the bill without consulting his party. “Any changes that
have been made now are not acceptable to us. We are for endorsing the bill that
was forwarded by the parliamentary committee,” said Dhakal.
Efforts by
Speaker Gharti Magar to move the bill failed again on Friday as the UML and the
Maoist Centre refused to budge. The Speaker held a meeting with Prime Minister
Sher Bahadur Deuba, UML Chairman KP Oli and chief whips of major parties on
Friday.
A Parliament
meeting has been called for 3pm on Saturday.
“We will try
our best tomorrow [Saturday] to get the bill endorsed by Parliament,” said
Minister Shrestha.
But Bharat
Raj Gautam, spokesperson for Parliament, said he had no information about the
HPE Bill being on the agenda for Saturday’s meeting.
यसमा म दुःख व्यक्त ग गर्न चाहन्छु
२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनपछि सरकार परिर्वतनको खेलमा नलाग्ने आफ्नो बचनमा प्रधानमन्त्रीले विश्वास नगरेको भन्दै दुःख व्यक्त गरेका छन् । शनिबार व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड एमाले र माओवादीको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिलाई कम्युनिष्ट शासन आउने भयो भनेर प्रचार गरिएको गुनासो गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधान बनेको र संसदीय प्रणाली स्वीकार गरेको भन्दै उनले भने, ‘यो लोकतान्त्रिक अभ्यास भित्रको कुरा हो । बाहिरको होइन ।’
माओवादीले समर्थन गर्छ भन्दाभन्दै प्रधानमन्त्रीले मन्त्री थपेकोमा उनले असन्तुष्टि जनाएका छन् ।
कांग्रेसलाई धोका नदिने र समुचित सहकार्य गरेर अघि बढ्ने योजना रहेको उनले बताए । वाम एकता गर्नु अघि नै आफूले भेटेर प्रधानमन्त्रीलाई यो कांग्रेसविरुद्ध नभएको र सरकार परिर्वतनको खेलमा नलाग्ने भनेको स्मरण गर्दै उनले भने, ‘उहाँलाई शायद विश्वास भएन । यसमा म दुःख व्यक्त ग गर्न चाहन्छु ।’
वाम एकता हुँदा कांग्रेस आत्तिनु पर्दैन: प्रचण्ड
व्यवस्थापिका संसदको अन्तिम बैठकलाई सम्बोधन
गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन प्रयोजनका लागि विचार मिल्ने वाम शक्ति एक ठाउँ हुँदा
कांग्रेस आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
१० वर्षदेखि कम्युनिस्टलाई एकतामा
ल्याउन पहल गर्दै आएको र त्यही लक्ष्य पूरा गर्ने प्रक्रियामा रहेको प्रष्ट पार्दै
उनले कांग्रेसलाई वाम एकतासँग नतर्सिन आग्रह गरेका हुन्। 'वाम गठबन्धन विचारको एकताको प्रयास हो
र निर्वाचन प्रयोजनका लागि हुन लागेको एकता हो', प्रचण्डले
भने, 'अहिले देशमा राजनीतिक अस्थिरता पैदा
गर्ने सरकार ढाल्ने कुनै नियत छैन। मैले सुरुमै पनि कांग्रेस सभापति एवम्
प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेको थिए, यो
सरकारका विरुद्ध परिलक्षित होइन।'
उनले वाम एकतालाई संविधान भित्र र शान्ति
प्रक्रिया भित्रकै कुरा भएको स्पष्ट पारे। उनले कांग्रेससँगको सहकार्यलाई तोड्ने
प्रयास वाम एकता नभएको बताए। प्रचण्डले देउवाले आफूलाई विश्वास नगरेको तर आफू
सरकार गठनताका भएको सम्झौताविरुद्ध अगाडि नबढेको उल्लेख गरे।
‘हामीले
भन्दाभन्दा पनि प्रधानमन्त्रीज्यूलाई विश्वास भएन। मैले सरकार गिराउने खेलका
निम्ति होइन। विचारका निम्ति शक्ति एकीकृत गर्ने बाहेक अन्य कुनै लक्ष्य छैन भन्ने
कुरालाई पटकपटक प्रष्ट पारेको छु। आज पनि त्यही भन्न चाहन्छु’, प्रचण्डले भने।
प्रचण्डले अन्तराष्ट्रिय समूहलाई समेत आर्थिक
समृद्धितर्फ अघि बढ्दै गरेको देशमा भएको राजनीति गठबन्धनलाई अनावश्यक शंका नगर्न
आग्रह गरे। उनले वाम एकताले कुनै कम्युनिस्ट शासन नआउने भन्दै हल्लाका पछि नलाग्न
सबैलाई आग्रह गरे।
संविधान बन्नुपर्छ भनेर सबैभन्दा बढी बलिदान
गरेको पार्टी र नेता भएको नाताले अघिल्लो संविधानसभाबाट संविधान नबन्दा आफू चिन्तित
भएको प्रचण्डको भनाइ छ। उनले पहिलो संविधानसभाबाट संविधान नबनेपछि दोस्रो
संविधानसभालाई सफल बनाउन हामी सचेत भएको स्पष्ट पारे।
'माओवादीले
सम्झौता गरेर जतिप्राप्त हुन्छ त्यही कुरालाई जोड दिएर गतिशिल दस्तावेजको रुपमा
संविधानलाई स्वीकार गर्यौँ,'
प्रचण्डले भने।
कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न
पाएकोमा कांग्रेसप्रति धन्यवाद दिँदै प्रचण्डले उक्त अवधिमा आफूले सबैका निम्ति
काम गरेको दाबी गरे।
‘कांग्रेसको
समर्थनमा मैले प्रधानमन्त्री बन्ने अवसर पाएँ। त्यत्तिबेला सम्पूर्ण उत्पीडित
जातिको अधिकारका निम्ति लड्ने अवसर थियो। मधेसीका माग सम्बोधन गर्ने प्रक्रियालाई
इमान्दारिताका साथ अगाडि बढायौँ,’ उनले
भने। सम्बोधनको अन्तिममा प्रचण्डले सबैलाई धन्यवाद दिए।
रेखा थापा राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा मनोनित
८
असोज, काठमाडौं
। नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को
सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत
जिम्मेवारी पाएकी छिन् । थापाले आजै सहमहामन्त्री र प्रवास विभाग प्रमुखमा मनोनयनको पत्र
बुझ्दैछिन् ।
कमल
थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका
थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस
गरेको छ ।
थापाले
कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई टुंगो दिइनसकेको स्रोतले अनलाइनखबरलाई
बतायो ।
प्रत्यक्षतर्फको
चुनावमा उनी प्रजातान्त्रिक गठबन्धनको साझा उम्मेदवार हुने भएकाले काठमाडौं
बाहिरबाटै चुनाव लड्ने सम्भावना रहेको स्रोतले बतायो
एनआरएनए विश्व सम्मेलन काठमाडौंमा सुरु
२८ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को
विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको
ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८
औं सम्मेलन उद्घाटन गरेकी छन् ।
सम्मेलनमा ७० भन्दा
बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी
छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनअन्तर्गत
भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी
परेको छ । अध्यक्षमा जमुना घले, भवन
भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको हो । अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत
नै चुनिनेछन् ।नवनियुक्त मन्त्रीहरुको शपथ साँझ ७ बजे हुने
आश्विन २८, २०७४-नवनियुक्त
मन्त्रीहरुको शपथ आज साँझ ७ बजे राष्ट्रपति भवन शितल निवासमा हुने भएको छ ।
राष्ट्रिय
प्रजातन्त्र पार्टी (राप्रपा)बाट मन्त्री बनेकाहरुलाई साँझ ७ राष्ट्रपति विद्या
भण्डारीले शपथ खुवाउने कार्यक्रम तय भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले
जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राप्रपाका अध्यक्ष कमल
थापालाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित चार मन्त्री र ४ राज्यमन्त्री नियुक्त
गरेका थिए ।
आश्विन २८, २०७४-चराविद्
हेमसागर बराल चरामा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । संरक्षण क्षेत्रमा ३
दशकदेखि क्रियाशील उनी चरा, वन्यजन्तु र जैविक विविधताका जानकार
तथा विज्ञ मानिन्छन् । नेपालका चराहरू र नेपालका स्तनधारी वन्यजन्तुलगायतका विषयमा
उनले दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल
च्याप्टर प्रमुखका रूपमा कार्यरत उनका अनुसन्धान चाखलाग्दा पनि छन् । उनले देखेका
चराका अनौठा आनीबानी :
बच्चा कोरल्न सल्लाह
भ्याकुर र तोरीगाँडा प्रजातिका चरा सल्लाह गरेर
बच्चा कोरल्छन् । बथानमा बस्ने यिनीहरू वयस्क भएपछि सल्लाहमा ओथारो बस्छन् ।
प्राय: वयस्कले आमा बाबु, काका काकीलाई बच्चा कोरल्न सहयोग
गर्छन् । ४ जना पोथी तयार भएपछि ४ जना भाले पनि सम्भोग गर्न र बच्चा हुर्काउन तयार
हुन्छन् । यिनीहरू १४ वटासम्मको बथानमा बस्छन् । करिब महिना दिन ओथारो बसेपछि
बच्चा हुर्काउने यी चरा तराईदेखि हिमालसम्मै पाइन्छन् । दुवै प्रजातिका ७० बढी चरा
यहाँ देखिन्छ । नेपालमा अहिलेसम्म पाइएका ८ सय ८६ प्रजातिमध्ये यी प्रजातिका चराको
संख्या सबैभन्दा बढी छ । नेपालमा पाइने चरामा यिनीहरूको संख्या १० प्रतिशत छ । अरू
चरामा बचेरा कोरल्दा यस्तो स्वभाव पाइँदैन ।
४ वर्षमा रंग फेर्नेे चरी
स्वर्ग चरी नामैले आकर्षक छ । हेर्दा सबैको मन
प्रफुल्ल हुन्छ । यो चरीले २ पटक रंग फेर्छ । ४ वर्षभन्दा कम उमेरको भए टाउको कालो,
ढाड,
पँखेटा
र पुच्छर रातो हुन्छ । घाँटी खरानी रंगको हुन्छ । ४ वर्ष बढी उमेरको भए टाउको कालो
सेतो र घाँटीदेखि तल सेतो रंग हुन्छ । यो ग्रीष्म आगन्तुक चरा हो ।
फुल पार्ने पोथी, ओथारो बस्ने
भाले
सामान्यतया चराहरूमा पोथी ओथारो बस्छ । चल्ला
कोरल्छ । भाले आहारका लागि बाहिर जान्छ । तर, जलअप्सरा चरामा
पोथी होइन, भाले चल्ला कोरल्न गँुडमा ओथारो बस्छ । फुल
पार्नासाथ पोथी निस्कन्छन् । भाले ओथारो बसेपछि पोथी अर्को भाले खोज्दै हिँड्छ ।
अर्को भालेसँग पनि संसर्गपछि फुल पारे पछि पोथीले फेरि गँुड छाड्छ । भालेलाई ओथारो
बस्ने बनाउँछ । वर्षमा एउटा पोथीले ३ वटासम्म बच्चा कोरेल्न भाले फेर्दै हिँड्छ ।
नाँचेर पोथी आकर्षित गर्छन् डाँफे र मुनाल
विशेषगरी डाँफे र मुनालले नाचेर पोथी आकर्षित
गर्छन् । त्यस्तै चिलिमे र कालिजले पनि नाचेरै पोथीको मन जित्छन् । यी चरा नाच्ने
बेला पोथी लुकेर हेर्छन् । जुन भाले राम्रोसँग नाच्छन्, त्यसैलाई पोथीले
मन पराउँछन् । त्यसपछि बच्चा कोरल्छन् । डाँफे, मुनाल र चिलिमे
ग्रीष्ममा ३ हजारदेखि ४ हजार ५ सय मिटर उचाइमा पाइन्छन् । हिउँदमा थोरै तलसम्म झर्छन्
। कालिज भने समुद्र सतहदेखि ३ सय मिटरदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ ।
काग र मान्छे देखेर सिनो पत्ता लगाउँछ गिद्ध
गिद्धले सुँघेर र गन्धले सिनो पत्ता लगाउँछ
भन्ने सुनिन्छ तर त्यो गलत हो । उसको सुँघ्नेशक्ति नै हुँदैन । नेपालमा ९
प्रजातिका गिद्ध पाइन्छ । सबै गिद्धले आकाशमा उड्दा कागको भीडभाड र मान्छेको
आवतजावत देखेर आहार सिनो पत्ता लगाउँछन् । एउटा दुइटा गिद्ध देखेपछि अरू गिद्ध पनि
आहार भएको थाहा पाएर सिनो खान आउँछन् । गिद्धले जीवित जनावर खाँदैनन्, मरेको
सिनो खान्छन् । दुर्गन्ध र विभिन्न रोगव्याधिको जोखिम हटाउन सहयोग गर्छ । वातावरण
र खाद्यचक्र सन्तुलित गर्छ । धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।
पत्थरमा फुटालेर आहार खान्छ हाडफोर गिद्ध
नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये हाडफोर
एक हो । यो धेरैजसो हिमाली र पहाडी क्षेत्रमा पाइन्छ । अन्य गिद्धको टाउकोमा
प्वाँख हँुदैन । तर, हाडफोरको टाउकोमा प्वाँख हुन्छ । यसले अरू
गिद्धले खाइसकेको सिनोको हड्डीभित्रको मासी मात्र खान्छ । त्यसैले यसलाई हाडफोर
गिद्ध भनिएको हो । यसले हड्डीभित्रको मासी अनौठो तरिकाले निकालेर खान्छ । स–साना
हड्डी संकलन गर्छ । मुखले हड्डीभित्रको मासु खान नसकेपछि खुट्टाको नंग्राले
च्यापेर आकाशमा उड्छ । सकभर रूखछेउ सिलौटोजस्तो ढुंगा खोज्छ । नभेटे पत्थर खोज्छ ।
रूखमाथि बसेर नंग्राले च्यापेको हड्डी पत्थरमा बजार्छ । हड्डी फुटेपछि भित्रको
मासी खाएर बाँच्छ । यस्ले ८० प्रतिशत बढी यस्तै मासीलाई आहारा बनाउँछ । हाडफोर
गिद्ध ढलपल गर्दै उड्छ । त्यसैले यसको उडाइ आकर्षक लाग्छ ।
मुसाको दिसा–पिसाबबाट आहार
पत्ता लगाउने चरा
सिकारी चरा बौडाईले मुसालाई उसको दिसा र
पिसाबबाटै पत्ता लगाउँछ । मुसाले दिसा–पिसाब गरेपछि एक प्रकारको रसायन
छाड्छन् । त्यो आँखाले देख्न सक्ने क्षमता बौडाई चरामा हुन्छ । त्यही रसायनको फलो
गर्दै बौडाई मुसालाई आफ्नो आहार बनाउँछन् । मुसाले दिसा–पिसाब गर्ने
ठाउँ पत्ता लगाएसँगै चराले मुसा हिँड्ने बाटो पनि पत्ता लगाउँछ ।
भाले–पोथी थाहा नहुने चरा
डुबुल्की चरालाई आफू भाले–पोथी
के हुँ भन्ने थाहा हँुदैन । भाले–भाले र पोथी–पोथीबीच बढी
सम्भोग गरिरहेका हुन्छन् । उनीहरूबीच संयोगले भाले–पोथीबीच सम्भोग
हुन्छ । त्यस्तो अवस्था जुर्योक भने मात्र बचेरा जन्मन्छ । हेर्दा र उड्दा पनि
त्यत्ती राम्रो नदेखिने यो चरा रैथाने र हिउँदे आगन्तुक चरा हो ।
नाचेर र गीत गाएर आकर्षित गर्ने चरा
चरा दुई वर्गमा विभाजित छन् । विरुत र गितारु ।
विरुत वर्गमा पर्ने चराको बोली विकास हुँदैन । यिनीहरू नाचेरै भाले आकर्षित गर्छन्
। रमाइलो गर्छन् । गितारु वर्गमा पर्ने चराको बोली विकसित हुन्छ । यिनीहरू गीत
गाएर भाले आकर्षित गर्छन् । रमाइलो गरेर मनोरञ्जन प्रदान गर्छन् । दुवै वर्गमा
पर्ने चराको आफ्नै विशेषता छ । चरा प्रेमीलाई दुवैले गीत गाएर र नाचेर आकर्षित
गर्छन् ।
आकाशमै आहार खाने चरा
गौंथली प्रजातिको चराले आकाशमै आहार खान्छन् ।
आकाशमा उड्दै गरेको कीरा र फट्याङ्ग्रा सोझै मुखमा हाल्छन् । यही आहार खाएर उनीहरू
बाँच्छन् । गौंथलीमा १० प्रजातिका विरुत र ११ प्रजातिका गितारु चरा छन् ।
९ हजार मिटरमाथि उड्ने खोया हाँस
यो विश्वकै एउटा यस्तो प्रजाति हो जुन बसाइ
सराइको क्रममा नौ हजार मिटर हाराहारीमा उडान भरेर आवतजावत गर्छ । बढी उचाइमा उडान
भर्न सक्ने चरामध्ये खोया हाँस एक हो । यो चरा चीन र रसियाका विभिन्न क्षेत्र
पाइन्छ । त्यहाँबाट बसाइ सर्ने क्रममा यो चरा सगरमाथा आसपास हँुदै नेपाल आउँछ ।
त्यतातिर बढी जाडो हुँदा आहार–विहारको समस्याले नेपाल, भारत
र भुटानतिर बसाइ सर्ने गर्छ । यो चरा गर्मी लाग्यो भने बच्चा कोरल्न हिमालपारि
उत्तर जान्छ । जाडो लागेपछि आहार खोज्न दक्षिणतिर लाग्छ । यो चराले हरेक वर्ष
बसाइसराइ गर्छ । यो चरा असोजदेखि फागुन–चैतसम्म आहारका लागि नेपाललगायतका
दक्षिण क्षेत्रमा बस्छ । यो चरा पोखरा, तराईका सिमसार क्षेत्रमा रेकर्ड गरिएको
छ ।
पोथी राम्रो, भाले फ्रुस्रो
अधिकांश चराका भाले राम्रो र आकर्षक देखिन्छ ।
भाले रंगीविरंगी र मनमोहक हुन्छ । पोथी फ्रुस्रो हुन्छ । आकर्षक लाग्दैन । तर
चित्राङ्गद चराको विपरीत हुन्छ । चित्राङ्गदको पोथी राम्रो र रंगीन हुन्छ ।
चित्ताकर्षक देखिन्छ । पोथी मात्र राम्रो देखिने चित्राङ्गद चरा हो । भाले
अपेक्षाकृत राम्रो हुँदैन । यो चराको पोथीले फुल पारेपछि भाले ओथारो बस्छ ।
अर्काको गुँडमा फुल पार्ने कोइली
नेपालमा १८ प्रजातिका कोइली पाइन्छ । १२
प्रजातिका कोइलीले अर्काको गुँडमा फुल पार्छन् । बच्चा हुर्काउँछन् । कुहु कोइलीले
काग र काफल पाक्यो कोइलीले चिवेको गुँडमा अण्डा पार्छन् । बीउ कुहियोले बगाले
भ्याकुर र कुक्कु कोइलीले जुरेली वा चुइयाको गुँडमा अण्डा पार्छन् ।
सामान्यतया अरू चराले आफ्नो गँुडनजिक अरूलाई
जान दिँदैनन् । फुल पार्न पनि दिँदैनन् । तर कोइलीले बदमासी गर्छ । कोइलीका भाले–पोथी
चराको गुँडनजिक जान्छन् । भाले कोइलीले ओथारो बसेको चरासँग निहुँ खोज्छ । झगडा
गर्छ । त्यो बेला ओथारो बसेको चरा भाग्छ । त्यही मोका छोपेर अरू चराको गुडमा पोथी
कोइली गएर फुल पार्छ । कतिपय अवस्थामा ओथारो बसेको चराले थाहा नपाउन् भनेर पहिले
चराले पारेको फुल पनि कोइलीले खसालेर फुटाई दिने गर्छ । कोइली चरा असाध्यै बाठो
हुन्छ ।
२/३ वर्षसम्म आकाशमा उडिरहने चरा
आकाशमा निरन्तर दुई तीन वर्षसम्म उड्ने चरा हो
फ्यालफ्याले । त्यस्तै विरुत वर्गमा पर्ने गौंथलीका केही प्रजाति पनि २/३ वर्षसम्म
आकाशमा उड्न सक्ने चरामध्ये पर्छन् । नेपालमा थोरै पाइने फयालफयाले पानीमा आश्रित
चरा हो । फयालफयाले रंग सेतो हुन्छ । टाउको हल्का चुच्चो परेको हुन्छ । यो चराले
धेरैजसो माछा खान्छ । यो चरा आकाशमा उड्दै गरेका कीरा–फट्यांग्रा खाएर
महिनौं आकाशमै बसिरहन्छ । गौंथलीका प्रजाति पनि कीरा–फट्यांग्रा खाएर
महिनौं आकाशमै उड्दै बसिरहन्छ । यी चरा आकाशमै आराम गर्दै महिनौंसम्म उड्दै आफ्नो
गन्तव्यमा पुग्छन् ।
झुक्याएर बाँच्ने चरा
भीमराज चिवे चराले सिकारीलाई झुक्याएर आफू
जोगिन्छ । वनमा आश्रित यो चराले अन्य चराको आवाज सजिलै निकाल्छ । सिकारी आएको थाहा
पाउना साथ फरक–फरक चराको आवाज निकालेर आफू जोगिन्छ । अरू
चरालाई जिस्क्याउन पनि उसको आवाज नक्कल गरेर निकाल्छ । आफनो साथी आयो भनेर अरू चरा
भिमराज चिवेनिर पुग्छन् ।
१४ वटासम्म फुल पार्ने चरा
नेपालमा पाइने चरा कपिन्जल तित्राले सबैभन्दा
बढी १४ वटासम्म फुल पर्छ । बढी फुल पारे पनि ७/८ वटासम्म बचेरा हुर्काउने सक्छ ।
वयस्क गिद्धले एउटा फुल पार्छ ।
चरा सिकार गर्ने सुपर्ण महाचील
सुपर्ण महाचीलले सारस प्रजातिमा पर्ने कर्याकङ–कुरुङको
सिकार गर्छ । उच्च हिमशृंखला हुँदै बसाइसराइ गर्ने क्रममा उत्तरबाट आउने कर्यााङ–कुरुङ
ढुकेर बस्छ । समूहमा आउने कर्याहङ–कुरुङलाई उड्दाउड्दै सुपर्ण महाचीलले
घाइते बनाई ढाल्छ । भीर पहरामा खसे पनि खोज्दै पुग्छ । आहार बनाउँछ । जाडोका बेला
कर्यालङ–कुरुङ बसाइ सर्ने क्रममा चीन र रुसबाट नेपाल, भारततिर आउँछन्
। कर्या ङ–कुरुङ सारस प्रजातिमा पर्ने ठूलो चरा हो ।
प्रस्तुति : मनोज पौडेल
काठमाडौं : एमाले-माओवादी वाम गठबन्धन सँगको सहकार्य तोड्दै नयाँ शक्ति, नेपाल आँखा चिन्ह लिएर प्रतिनिधि र प्रदेशसभाको चुनावमा सहभागी हुने भएको छ। शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले एमाले र माओवादी सहमतिको मर्म विपरित अघि बढेको भन्दै गठबन्धन सँगको सहकार्य तोड्ने निर्णय गरेको हो।
‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेकोप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’, सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने। तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने।’
सँगै नयाँ शक्तिले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता-छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णयमा उल्लेख छ।
सँगै बैठकले पूर्ववत निर्णय अनुसार नै शीर्ष नेताको चुनाव क्षेत्रलाई सदर गरेको छ। नयाँ शक्तिका कुन नेताको उम्मेदवारी कुन क्षेत्रबाट :
१. डा. बाबुराम भट्टराई - गोरखा-२
२. कृष्णकुमार चौधरी - कैलाली-३
३. दानबहादुर चौधरी - कपिलबस्तु-१
४. प्रेम तामाङ - रसुवा
५. मदन राई - खोटाङ
१. डा. बाबुराम भट्टराई - गोरखा-२
२. कृष्णकुमार चौधरी - कैलाली-३
३. दानबहादुर चौधरी - कपिलबस्तु-१
४. प्रेम तामाङ - रसुवा
५. मदन राई - खोटाङ
के पाउँदै छन् आज बिदा हुने सांसदले ?
काठमाडौं : संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ ।
०७२ असोज ३ मा संविधान जारी गरेपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठकले भाषा आयोग, प्रदेश प्रमुखको पारि श्रमिक तथा संविधानसम्बन्धी विधेयक पारित गरेको थियो । चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा निर्वाचन विधेयकमा दलबीच सहमति जुट्न नसकेपछि दुईवटै विधेयक अलपत्र पर्ने भएका छन् ।
संसद्को आयु समाप्त भए पनि अध्यादेशमार्फत यी विधेयक ल्याउने बाटो सरकार खुला छ ।संसद्को कार्यकाल समाप्त हुन लागेपछि दलका नेताले सांसदहरूको सम्मानमा कार्यक्रम गर्नुपर्ने प्रस्ताव सभामुख ओनसरी घर्तीमगरसमक्ष गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बिहान बसेको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्न शनिबार बैठक बस्ने तर कुनै पनि कार्यसूची नराख्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोज गर्ने सहमति भएको थियो।
संविधानको व्यवस्थाअनुसार माघ ७ सम्म संसद्को कार्यकाल रहे पनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले संसद्को कार्यकाल समाप्त भएको हो । संविधानले मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन आइतबार तोकेको छ ।
सांसदले के पाउँदै छन्
कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् । उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।
संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताए । सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ ।
मन्त्री फिर्ता नबोलाउने माओवादी निर्णय
काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। शनिबार बिहान राजधानीमा उपस्थित शीर्ष नेता सहभागी बैठकले देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
प्रधानमन्त्री देउवाले एमाले-माओवादीले वाम गठबन्धन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराउने निर्णय गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बसेको माओवादी शीर्ष नेताको बैठकले सरकार नछोड्ने निर्णय गरेको हो।
बैठकमा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव, पछिल्लो राजनीतिक घटनाक्रम र वाम एकताका विषयमा समेत छलफल भएको छ। पार्टी निर्णय बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेरमा प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै छन्।
त्यसैगरी व्यवस्थापिका संसद विघटन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादीको संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।
संसद्को अन्तिम बैठकमा शीर्ष नेताको सम्बोधन
काठमाडौँ: संविधान सभाबाट रुपान्तरित व्यवस्थापिक-संसद्को अन्तिम बैठक शनिबार बस्दैछ। संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिए। समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छिन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो।
विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका-संसद्मा रुपान्तरित भएको हो।
संसद्ले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुप¥यो । संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन।
संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसद्ले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि 'राष्ट्रिय सभा सम्बन्धी विधेयक' जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक 'चिकित्सा शिक्षा विधेयक' भने पारित गर्न सकेन।
संविधानको भाग-३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका-संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ।
सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान उल्लेख छ।
नेपालको 'स्वर्ग' जहाँ गाउँकै संविधानले शासन गर्छ
आरके अदीप्त गिरीजीको शनिवार, असोज २८, २०७४ मा अन्नपुर्णा पोष्टमा प्रकाशित सुचनामुलक लेख
गाउँभरि एकैनासका घरहरू । तलदेखि माथिल्लो टोलसम्म एकैनासको ढुंगाको छपनी बाटो । तलपट्टि खेतका ठूलठूला फाँटहरू । सफा-सुग्घर र बिजुलीबत्तीले चौबिसै घन्टा उज्यालो देखिने गाउँ । चिया बगानले गाउँको सौन्दर्यमा अझ माधुर्य थपेको छ । 'हनी हन्टर्स अफ नेपाल' पुस्तकमार्फत विश्वमै प्रसिद्ध बनेको त्यो गाउँ हो- भुजुङ गाउँ ।
देश-विदेशमा 'भू-स्वर्ग'को नामले ख्याति कमाएको भुजुङ गाउँ
प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना
हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने
दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र आत्मीयताको
अनुभूति यहाँ सँगाल्न सकिन्छ ।
भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको
देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ- भुजुङ गाउँ ।
समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको
हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा
पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा
दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं
हिमाल अवलोकन गर्न सकिन्छ ।
करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे
प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर
देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर
लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो
। लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।
भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको
विषय हो । मुखिया प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट
गाउँ अहिलेसम्म पनि सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा
धेरैका लागि चासो र अध्ययनको विषय पनि हो ।
भुजुङ गाउँमा द्वैध प्रकारको शासन व्यवस्थाको
अनुभव गर्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको स्वायत्त शासन प्रणाली 'भाद्रसभा' र राज्यका स्थानीय एकाइबीचको
समन्वयमार्फत यहाँको शासनव्यवस्था सञ्चालन गरिँदै आएको छ । भाद्रसभा नै गाउँसभाका
रूपमा निर्णायक देखिन्छ । गाउँको भौतिक विकास, सामाजिक, धार्मिक, न्यायिक दण्ड जरिवानालगायत काम भाद्रसभाले नै गर्दै आएको छ ।
देश-विदेशमा 'भू-स्वर्ग'को नामले ख्याति कमाएको भुजुङ गाउँ
प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना
हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने
दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र
आत्मीयताको अनुभूति यहाँ सँगाल्न सकिन्छ ।
भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको
देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ- भुजुङ गाउँ ।
समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको
हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा
पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा
दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं
हिमाल अवलोकन गर्न सकिन्छ ।
करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे
प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर
देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर
लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो
। लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।
भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको विषय हो । मुखिया
प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट गाउँ अहिलेसम्म पनि
सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा
धेरैका लागि चासो र अध्ययनको विषय पनि हो ।
भुजुङ गाउँमा द्वैध प्रकारको शासन व्यवस्थाको
अनुभव गर्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको स्वायत्त शासन प्रणाली 'भाद्रसभा' र राज्यका स्थानीय एकाइबीचको
समन्वयमार्फत यहाँको शासनव्यवस्था सञ्चालन गरिँदै आएको छ । भाद्रसभा नै गाउँसभाका
रूपमा निर्णायक देखिन्छ । गाउँको भौतिक विकास, सामाजिक, धार्मिक, न्यायिक दण्ड जरिवानालगायत काम भाद्रसभाले नै गर्दै आएको छ ।
Subscribe to:
Posts (Atom)