विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना

Saturday, October 14, 2017

काठमाडौं : एमाले-माओवादी वाम गठबन्धन सँगको सहकार्य तोड्दै नयाँ शक्ति, नेपाल आँखा चिन्ह लिएर प्रतिनिधि र प्रदेशसभाको चुनावमा सहभागी हुने भएको छ। शुक्रबार नयाँ शक्ति पार्टी, नेपालको संघीय सचिवालयको विस्तारित बैठकले एमाले र माओवादी सहमतिको मर्म विपरित अघि बढेको भन्दै गठबन्धन सँगको सहकार्य तोड्ने निर्णय गरेको हो।
‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसीर १० र २१ गते हुन गइरहेकोप्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने’, सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता) लाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति-व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने। तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने।’

सँगै नयाँ शक्तिले समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता-छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णयमा उल्लेख छ।
सँगै बैठकले पूर्ववत निर्णय अनुसार नै शीर्ष नेताको चुनाव क्षेत्रलाई सदर गरेको छ। नयाँ शक्तिका कुन नेताको उम्मेदवारी कुन क्षेत्रबाट :
१. डा. बाबुराम भट्टराई - गोरखा-२
२. कृष्णकुमार चौधरी - कैलाली-३
३. दानबहादुर चौधरी - कपिलबस्तु-१
४. प्रेम तामाङ - रसुवा
५. मदन राई - खोटाङ

के पाउँदै छन् आज बिदा हुने सांसदले ?

काठमाडौं : संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिबार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रबार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिबार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ ।
०७२ असोज ३ मा संविधान जारी गरेपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठकले भाषा आयोग, प्रदेश प्रमुखको पारि श्रमिक तथा संविधानसम्बन्धी विधेयक पारित गरेको थियो । चिकित्सा शिक्षा विधेयक र राष्ट्रियसभा निर्वाचन विधेयकमा दलबीच सहमति जुट्न नसकेपछि दुईवटै विधेयक अलपत्र पर्ने भएका छन् ।
संसद्को आयु समाप्त भए पनि अध्यादेशमार्फत यी विधेयक ल्याउने बाटो सरकार खुला छ ।संसद्को कार्यकाल समाप्त हुन लागेपछि दलका नेताले सांसदहरूको सम्मानमा कार्यक्रम गर्नुपर्ने प्रस्ताव सभामुख ओनसरी घर्तीमगरसमक्ष गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बिहान बसेको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्न शनिबार बैठक बस्ने तर कुनै पनि कार्यसूची नराख्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोज गर्ने सहमति भएको थियो।
संविधानको व्यवस्थाअनुसार माघ ७ सम्म संसद्को कार्यकाल रहे पनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले संसद्को कार्यकाल समाप्त भएको हो । संविधानले मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् रहने व्यवस्था गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन आइतबार तोकेको छ ।
सांसदले के पाउँदै छन्
कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् । उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।
संविधानसभा एक पटक मात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद् सचिवालयले विशिष्ट लोगो प्रदान गर्न लागेको सचिवालयका प्रवक्ता गौतमले बताए । सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने भएका छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ ।

मन्‍त्री फिर्ता नबोलाउने माओवादी निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। शनिबार बिहान राजधानीमा उपस्थित शीर्ष नेता सहभागी बैठकले देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
प्रधानमन्त्री देउवाले एमाले-माओवादीले वाम गठबन्धन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराउने निर्णय गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बसेको माओवादी शीर्ष नेताको बैठकले सरकार नछोड्ने निर्णय गरेको हो।
बैठकमा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव, पछिल्लो राजनीतिक घटनाक्रम र वाम एकताका विषयमा समेत छलफल भएको छ। पार्टी निर्णय बोकेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेरमा प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जाँदै छन्।
त्यसैगरी व्यवस्थापिका संसद विघटन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादीको संसदीय दलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

संसद्को अन्तिम बैठकमा शीर्ष नेताको सम्बोधन




काठमाडौँ: संविधान सभाबाट रुपान्तरित व्यवस्थापिक-संसद्को अन्तिम बैठक शनिबार बस्दैछ। संसद्को अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्वीर खिचाउने कार्यक्रम रहेको र त्यसपछि अपराह्न ३ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले विदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिए। समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छिन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भोलि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन आज राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो।
विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका-संसद्मा रुपान्तरित भएको हो।
संसद्ले यस अवधिमा महत्वपूर्ण विधेयक पारित गर्नुका साथै महाअभियोगजस्ता नयाँ अनुभवसमेत गर्नुप¥यो । संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की र सर्वाेच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भए पनि त्यस सम्बन्धमा छलफल प्रक्रिया अघि बढ्न सकेन।
संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा बढी ध्यान केन्द्रित गर्नुपरेको संसद्ले अन्तिम समयमा दलहरुबीच सहमति नभएपछि 'राष्ट्रिय सभा सम्बन्धी विधेयक' जस्तो महत्वपूर्ण विधेयक र जनचासोको महत्वपूर्ण विधेयक 'चिकित्सा शिक्षा विधेयक' भने पारित गर्न सकेन।
संविधानको भाग-३३ संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९६ मा रुपान्तरित व्यवस्थापिका-संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म कायम रहने उल्लेख छ।
सोही धाराको प्रतिबन्धात्मक प्रावधानमा त्यस्तो कार्यकाल पूरा हुनुअगावै संविधानबमोजिमको प्रतिनिधिसभाको निर्वाचन हुने भएमा त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म संसद् कायम रहने प्रावधान उल्लेख छ।
hello

नेपालको 'स्वर्ग' जहाँ गाउँकै संविधानले शासन गर्छ


आरके अदीप्त गिरीजीको शनिवार, असोज २८, २०७४ मा अन्नपुर्णा पोष्टमा प्रकाशित सुचनामुलक लेख





















गाउँभरि एकैनासका घरहरू । तलदेखि माथिल्लो टोलसम्म एकैनासको ढुंगाको छपनी बाटो । तलपट्टि खेतका ठूलठूला फाँटहरू । सफा-सुग्घर र बिजुलीबत्तीले चौबिसै घन्टा उज्यालो देखिने गाउँ । चिया बगानले गाउँको सौन्दर्यमा अझ माधुर्य थपेको छ । 'हनी हन्टर्स अफ नेपाल' पुस्तकमार्फत विश्वमै प्रसिद्ध बनेको त्यो गाउँ हो- भुजुङ गाउँ ।


देश-विदेशमा 'भू-स्वर्ग'को नामले ख्याति कमाएको भुजुङ गाउँ प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र आत्मीयताको अनुभूति यहाँ सँगाल्न सकिन्छ ।
भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ- भुजुङ गाउँ । समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ ।
करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो । लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।

भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको विषय हो । मुखिया प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट गाउँ अहिलेसम्म पनि सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा धेरैका लागि चासो र अध्ययनको विषय पनि हो ।
भुजुङ गाउँमा द्वैध प्रकारको शासन व्यवस्थाको अनुभव गर्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको स्वायत्त शासन प्रणाली 'भाद्रसभा' र राज्यका स्थानीय एकाइबीचको समन्वयमार्फत यहाँको शासनव्यवस्था सञ्चालन गरिँदै आएको छ । भाद्रसभा नै गाउँसभाका रूपमा निर्णायक देखिन्छ । गाउँको भौतिक विकास, सामाजिक, धार्मिक, न्यायिक दण्ड जरिवानालगायत काम भाद्रसभाले नै गर्दै आएको छ ।
देश-विदेशमा 'भू-स्वर्ग'को नामले ख्याति कमाएको भुजुङ गाउँ प्राकृतिक, सांस्कृतिक सौन्दर्यको एक अनुपम नमुना हो । ग्रामीण पर्यटनका लागि देशकै नमुना एवं प्रख्यात यस गाउँमा मन लोभ्याउने दर्जनौं प्राकृतिक सौन्दर्य छन् । मनोरम प्राकृतिक दृश्यपान गर्दै मानवीयता र आत्मीयताको अनुभूति यहाँ सँगाल्न सकिन्छ ।
भुजुङ लमजुङ हिमालको काखैमा थुपुक्क बसेको देखिन्छ । तलतिर मिदिम खोला कलकल संगीत सुसेल्दै बगेको छ, जसको शिर मानिन्छ- भुजुङ गाउँ । समुद्री सतहदेखि एक हजार ६ सय मिटरको उचाइमा अवस्थित गाउँमा समशीतोष्ण प्रकृतिको हावापानी पाइन्छ । पूर्वमा घनपोखरा, पश्चिममा पसगाउँ, दक्षिणमा भोजेगाउँले यस गाउँलाई पहरा दिइरहेको आभास हुन्छ । उत्तरतर्फ भने ठूलठूला खर्क छन्, जहाँबाट अन्नपूर्ण हिमशृंखलाका दर्जनौं हिमाल अवलोकन गर्न सकिन्छ ।
करिब पाँच सय घर रहेको भुजुङ गाउँमा नब्बे प्रतिशतभन्दा बढी गुरुङ जातिको बसोबास छ । प्राकृतिक रूपमा गाउँ जति सुन्दर देखिन्छ, यहाँको गुरुङ संस्कार, चालचलन र परम्परा अझ भव्य र सुन्दर लाग्छ । पाहुनालाई देउतासरह ठानी आतिथ्य सत्कार प्रदान गर्नु यस गाउँको विशेषता हो । लाहुरे संस्कारले गर्दा गाउँ सबै तवरले सम्पन्न र व्यवस्थित लाग्छ ।
 भुजुङ गाउँको प्रशासकीय परम्परा अर्को आकर्षणको विषय हो । मुखिया प्रथाजस्तै छुट्टै परम्परागत श्वायत्त शासन प्रणाली र संगठनबाट गाउँ अहिलेसम्म पनि सञ्चालित छ । 'भाद्रसभा' नामले अस्तित्वमा रहिआएको उक्त परम्परा धेरैका लागि चासो र अध्ययनको विषय पनि हो ।
भुजुङ गाउँमा द्वैध प्रकारको शासन व्यवस्थाको अनुभव गर्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको स्वायत्त शासन प्रणाली 'भाद्रसभा' र राज्यका स्थानीय एकाइबीचको समन्वयमार्फत यहाँको शासनव्यवस्था सञ्चालन गरिँदै आएको छ । भाद्रसभा नै गाउँसभाका रूपमा निर्णायक देखिन्छ । गाउँको भौतिक विकास, सामाजिक, धार्मिक, न्यायिक दण्ड जरिवानालगायत काम भाद्रसभाले नै गर्दै आएको छ ।


शनिबार संसद्को बिदाई


काठमाडौं : व्यवस्थापिका संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु शनिबार समाप्त हुँदै छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेको छ।

   

२०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ। ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो। नयाँ संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचन मनोनयनको अघिल्लो दिन संसद् स्वतः विघटन हुन लागेको हो।

सभामुख ओनसरी घर्ती मगरले संसदको बिदाईका निम्ति शनिबार दिउँसो ३ बजे शीर्ष नेता र सबै संसदलाई व्यवस्थापिका संसदको कार्यालयमा निम्ता गरेकी छिन्। बिदाई कार्यक्रम अघि सांसदको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको छ। बिदाई कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका समेत रहेको छ। शनिबार संसदको बैठक बसे पनि कुनै बिजनेश भने छैन।

सकियो संसद्को आयु

संसद्का मुख्य काम

- रूपान्तरित संसद्को पहिलो अधिवेशन २०७२ असोज १५ गते सुरु

- असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित

- असोज २७ मा ओनसरी घर्ती सभामुख निर्वाचित

- कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित

- कात्तिक १४ मा नन्दबहादुर पुन उपराष्ट्रपति निर्वाचित

- फागुन १२ मा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता

- साउन ७ मा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव दर्ता

- प्रस्ताव संसद्को प्रक्रियामा नजाँदै ओलीद्वारा राजीनामा

- कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री

- कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित

- दर्जनौं ऐन-कानुन निर्माण गरी निर्वाचनको आधार तय

Friday, October 13, 2017

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त


२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

देउवाले राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गर्न राष्ट्रपति कार्यालयमा सिफारिस पठाएका छन् ।

देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

यस्तै कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरू सबैको मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र सपथ भोलि गराउने तयारी भइरहेको छ ।

यद्यपी राष्ट्रपति विद्या भण्डारी भने निर्वाचन आयोग र कानुन व्यवसायीसँग परामर्श गरेर मात्रै निर्णय लिने तयारीमा छिन् ।

राप्रपाका मन्त्रीहरु थपिए देउवा नेतृत्वको मन्त्रिमण्डल ६४ सदस्यीय हुनेछ । यो नेपालको हालसम्मकै जम्वो मन्त्रिमण्डल हो । हाल देउवा नेतृत्वको मन्त्रिपरिषद ५६ सदस्यीय छ ।

कांग्रेससँगको सत्ता साझेदारी तोड्दै माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले माओवादी मन्त्री हटाउने तयारी गरेका छन् । सोही तयारी अनुसार देउवाले राप्रपालाई सरकारमा समावेश गरेको अनुमान गरिएको छ ।

वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति


२७ असोज, काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । उसले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ ।

एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै एकतामा नयाँ शक्ति पनि समाहित भएको थियो । साथै नयाँ शक्तिले एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति जनाएको थियो । तर, सिट बाँडफाँटमा सहमति हुन सकेन ।

नयाँ शक्तिले १५ प्रतिशत मागेको थियो । तर, माओवादी केन्द्रले नयाँ शक्तिका संयोजक डा. भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ नै छोड्न तयार भएन ।

त्यहाँबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा छन् । यससँगै रुष्ट बनेका भट्टराईले आफूविरुद्ध षड्यन्त्र भएको टिप्पणी गरेका थिए ।

नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिहृन लिएर चुनाव लड्ने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आˆनै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ ।

यस्तै कैलाली ३ मा कृष्णकुमार चौधरी र कपिलवस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदार घोषणा गरेको छ ।

नयाँ शक्तिले संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता)लाई अस्वीकार गर्ने राजनीतिक पार्टी र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ ।

नयाँ पार्टीका संसदीय मामिला विभाग प्रमुख केशव दाहालले आँखा चुनाव चिन्ह लिएर लडेपनि आफ्नो पार्टीले उम्मेदवारी दिएका ठाउँमा एमाले र माओवादीले उम्मेदवार नदिए तालमेल हुन सक्ने बताए ।

Uttarak’s School Program